कांग्रेसलाई मन्त्री बाँस्कोटाको प्रश्न -‘के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो ?’

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् । बिहीवार मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले शान्तिको र लोकतन्त्रको तारा खोज्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

उनले हिंसा गर्नेचन्द समूह र हिंसा नगर भन्ने सरकारालई हेर्ने एउटै नजर भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने बताए। उनले हिंसाका बारेमा कांग्रेसको दृष्टिकोण प्रष्ट नभएको बताए। मन्त्री बाँस्कोटाले भने, ‘ यदि दुवैलाई एकघानमा हाल्ने हो भने के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो।

‘सत्ता गुमेपछि कांग्रेसले शान्तिपूर्ण राजनीतिमै धावा बोल्न खोजेको छ,’ बास्कोटाले भने, ‘हामीले प्रमुख प्रतिपक्षीलाई हिँसाका बारेमा सिकाउने हो भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको चार तारा मध्ये एक शान्तिको तारा एक लोकतन्त्र वा स्वतन्त्रताको तारो कहाँ गयो खोज्नुपर्ने हुन्छ ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu