निरन्तरको वर्षाले बाँकेका विभिन्न ठाउँ जलमग्न, बस्तीहरु डुबानमा

प्रकाशित मिति : २५ असार २०७६, बुधबार

बाँके । ३ दिनदेखी वर्षाका कारण बाँकेका विभिन्न ठाउँ डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका हुन् ।

नेपालगन्जको धम्बोझी, घरबारीटोल, बेलासपुर, न्युरोड लगायतका ठाउँहरु जलमग्न छन् । आज पनि बिहानैदेखी पानी परिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती पनि डुबानमा परेको छ । केहि घरमा भित्रै पानी पसेको छ ।

न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिँदा बस्ती डुबानमा परेको हो । उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत् एसियाली विकास बैंकको ऋणरअनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको थियो ।

ठेकेदारले अधुरो छाडेको उक्त नालामा झारपात उम्रिएर निकास थुनीएपछि पानी बग्न नपाएर बस्ती डुबान गरेको स्थानीय शंकर ठकुरीले बताउनुभयो । नालाको निकास थुनिँदा सडकमा पनि पानी जमेको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणाले वर्षा लगत्तै नालामा पानी एकैचोटी बग्न नसक्दा जलाम्य भएको र केहि समयमै पानी सुक्ने बताउनुभएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu