मेलिना भन्छिन् – मेरो कोहि प्रेमी छैनन (भिडियो)

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार

चर्चित गायिका हुन्, मेलिना राई । दर्जनौं हिट गीत दिइसकेकी उनि नेपालकी लोकप्रिय गायिकामा पर्छिन् । आज उनैसँग कान्तिपुरले छोटो कुराकानी गरेको छ, प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

कसरी ह्याण्डिल गर्नुहुन्छ आफुलाई ?
दुःख हुँदा नआत्तिने, सुखमा नमात्तिने भनेजस्तै मिलाएर ह्याण्डिल गरिरहेको छु ।

जुन कला छ नि, त्यो पछि आफै बनाउन सकिन्छ कि जन्मजात नै हुन सक्छ ?

जन्मजात ३० प्रतिशत र अरु कुरा प्राक्टिक्स गरेर हुन्छ जस्तो लाग्छ ।

देश–विदेश पुगिरहनुहुन्छ, तपाइको दैनिकी कस्तो किसिमको हुन्छ ?

कहिलेकाहिँ बिहान व्यस्त भएको खण्डमा रियाज गर्न पाइन्न नत्र रेगुलर रियाज गरिरहेको छु । गायकको कुरा, निकै व्यस्त भइन्छ । अरु सबै सामान्य नागरिककै जस्तै हो । कार्यक्रम, गीत रेकर्डिङमा ब्यस्त भइन्छ जतिबेला पनि ।

एउटा गायकले खानेकुरा, पिउने कुरामा रोकतोक गर्नुपर्ने कुरा केहि हुन्छ कि ?

मैले केहि पनि रोकतोक गराएको छैन । चिसो पनि खाने, चकलेट पनि खाने सबै खान्छु ।

दर्शकले थाहा नपाएका केहि कुरा छन् कि ?

म चन्चले स्वभावको छु । मलाई गम्भिर किसिमको, रेस्पेक्ट दिने र म्युजिकलाई सम्मान दिने मान्छे मन पर्छ ।

कोहि हुनुहुन्छ त त्यस्तो मान्छे ?

अहिले कोहि छैन ।

निकै धेरै देश पुग्नुभएको छ, कति देश पुग्नुभयो ?

१४–१५ भयो कि ?

सबैभन्दा मन परेको देश ?

जपान अलिकति मन परेको हो तर नेपाल भन्दा सुन्दर अरु देश छैन ।

निकै सुन्दर हुनुहुन्छ, चलचित्रका लागि अफर आएको छ कि छैन ?

आएको त थियो, तर मन छैन ।

किन ?

किनभने, मैले खेलेको चलचित्र सुपर फ्लप हुन्छ । दुईवटा डुङ्गामा खुट्टा हालियो भने लडिन्छ भन्ने लाग्छ ।

नयाँ कलाकारहरुलाई के भन्नुहुन्छ ?

अहिले भाइरलको पछि लाग्नेहरु धेरै छन् । छोटो समयमै चर्चामा आउने, भाइरल हुन खोज्ने धेरैको सोच हुन्छ । तर, यस्तो पछि नलाग्नुस् । यसले राम्रो हुँदैन ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu