प्रभु लाइफ इन्सुरेन्सको ६० करोडको आइपीओ आउने

प्रकाशित मिति : १६ असार २०७६, सोमबार

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको असार २६ गते साधारण सभा हुने भएको । सभामा २०७४÷७५ को वार्षिक प्रतिवेदनमाथी छलफल हुने छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव राखिएको छ ।

हाल यस इन्सुरेन्स कम्पनिको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन अब कम्तिमा पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । गत वर्ष जेठमा बसेको साधारण सभाले यो आइपीओ ल्याउने प्रस्ताव पारित समेत गरिसकेको छ ।

प्रभु लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्न अझै धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यस कम्पनीले ३ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

-राजधानी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu