नगरसभामै वडाध्यक्षले टेबुल मिल्काए पछि

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार

पोखरा : पोखरा महानगरपालिकाको नगरसभामै बुधबार ४ नम्बर वडाका अध्यक्ष शंकर बास्तोलाले अभद्र व्यवहार देखाउँदै टेबुल मिल्काए ।

कांग्रेसका वडाध्यक्ष बास्तोलाले बजेट र रेडबुकमा असन्तुष्टि जनाउदै टेबुल उचालेर मिल्काएका हुन् ।

कांग्रेस वडाध्यक्षहरुले बजेटमाथि असन्तुष्टि जनाउँदै रेडबुकसमेत च्यातेका थिए । मेयर मानबहादुर जिसीले बजेट पारित भएको घोषणा गरेलगत्तै कांग्रेस वडाध्यक्षसहितका जनप्रतिनिधिले रेडबुक च्यातेका थिए ।

महानगरपालिकाले मंगलबार ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको थियो । नगरसभामा नै विकास कार्यक्रम विवरण (रेडबुक) बुधबार वितरण गरिएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu