साहित्यकार अमर न्यौपानेले प्रतीक्षासँग कसे लगनगाँठाे

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

साहित्यकार अमर न्यौपाने विवाह बन्धनमा बाँधिएका छन्। लेखिका प्रतीक्षा कट्टेलसँग न्यौपानेले बुधबार विवाह गरेका हुन्।‘सेतो धर्ती’, ‘करोडौँ कस्तुरी’जस्ता चर्चित कृतिमार्फत नेपाली साहित्यमा आफूलाई अब्बल साबित गरेका न्यौपानेले नाट्य क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिरहेकी कट्टेलसँग लगनगाँठो कसे। कट्टेलको नाटक ‘क्लेशा’ अहिले मण्डल थिएटरमा मञ्चन भइरहेको छ।

प्रतिक्षासँग अमरकाे याे दाेस्राे विवाह हाे। १५ वर्षअघि सरस्वती भण्डारीसँग पहिलो विवाह गरेका उनको सम्बन्ध धेरै टिक्न सकेन। त्यसपछि उनीहरुले २०७४ फागुन १३ मा कानुनी रुपमै सम्बन्धबिच्छेद भयो।अमर चितवनका हुन् भने प्रतीक्षा इलामकी हुन्। प्रतीक्षा बरिष्ठ पत्रकार विष्णु निष्ठुरीकी भान्जी हुन्।
-नेपाल खबर

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu