सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्याएको छ: कांग्रेस नेता सिंह

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्याएको बताएका छन्।

प्रतिनिधिसभा संसदमा बुधबार सांसद सिंहले गुठीको प्राण उडाउने गरी सरकारले खराब नियतबाट विधेयक ल्याएको आरोप लगाए।

‘संविधानको धारा २९० ले स्पष्ट भनेको छ गुठीको मूल भावनाविपरीत हुने गरी कानुन संशोधन गर्न पाइँदैन,’ उनले भने, ‘गुठीको प्राण उडाउने गरी खराब नियतबाट विधेयक ल्याएको छ। फिर्ता गरी छलफल गरेर मात्रै ल्याउनुपर्छ।’

गुठी विधेयक कसका लागि आएको र सरोकारवालासँग किन छलफल गरिएनरु भनेर सिंहले प्रश्न गरे।

सरकारले गुठी प्राधिकरणको नाम दिएर गुठी नियन्त्रणमा लिन खोजेको उनले आरोप लगाए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu