श्रीमान विदेशिएको चार महिनामै ४ बर्षकी छोरी सहित श्रीमती अर्कैसँग भागेपछी श्रीमान धुरु धुरु रुन थाले [भिडियो हेर्नुहोस ]

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

यतिवेला बहुसंख्यक नेपालीलाई वैदेशिक रोजगारी ‘नखाउँ भने दिनभरीको शिकार, खाँउ भने कान्छो बाउको अनुहार’ जस्तै भएको छ । विदेश नजाउ भने घरको चुल्हो बल्दैन, जाउ भने वैवाहिक जीवन तहसनहस हुन्छ । विहे नगरेर विदेश गएकाको हकमा भने यो कुरा शतप्रतिशत लागु हुँदैन ।अविवाहितहरुको हकमा यो थोरै लागु हुन्छ । यदि उनीहरुका प्रेमी-प्रेमीका भएको खण्डमा मात्रै यो लागु हुन्छ । तैपनि जति विवाहितहरुको घर भताभुङ्ग हुन्छ त्यति मात्रामा अविभाहितहरुको भने निश्चित रुपमा हुँदैन । रोजगारीको शिलशिलामा विदेशिएकाहरुको श्रीमतीहरु अर्कैसँग पोइला हिँडेको जति सुनिन्छ विदेशिएका श्रीमतीहरुका श्रीमानले अर्की ल्याएको कमै मात्रमा सुनिन्छ, देखिन्छ ।

पछिल्लो समय विदेशिएकाहरुका श्रीमतीहरु पोइला जाने क्रम अत्याधिक बढ्दो छ । भर्खरै विहे भएकादेखि लिएर विहे भएको बर्षौ भएका तथा दर्जनौ सन्तानका आमा बनेकाहरु पनि पोइला हिँडेको हाम्रो गाँउ समाजमा प्रशस्तै उदाहरणहरु देख्न सकिन्छ । बिचरा विदेशिएका श्रीमानहरु श्रीमती र छोराछोरीका लागि अरबको तातो घाममा भेडा चढाउनेदेखि लिएर जोखिमयुक्त कामसँगै पैठेजोरी खेल्दै पैसा कमउछन्, उनीहरुले भोकलाई भोक नभनी, दुःखलाई दुःख नभनी सबै कुरालाई सहेर पसिना तप तप चुहाउदै आँशु पिउदै विदेशी भूमीमा जोतिन्छन् । केवल सन्तान र जीवनसाथीका लागि । भिडियो हेर्नुहोस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu