बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ।

हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मखगलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको हेरचाहलाई अनिवार्य गर्ने निर्णय गरेको छ।

यससँगे बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ‘राइट टु सर्विस एक्ट’मा सामेल गर्ने निर्णय गरेको छ।

मंगलबार राज्यका मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यी बाहेक विभिन्न १७ एजेन्डालाई स्विकृति समेत दिएको छ।

मदिरा निषेधपछि नितिश सरकारको यो निर्णयलाई अर्को सामाजिक कुरीतिविरूद्धको कदमका रूपमा लिइएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu