पर्वत: फलेवासले ‘क्लिन फलेवास, ग्रिन फलेवास’ अभियान संचालन गर्दै

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार

पर्वत । पर्वतको फलेवास नगरपालिकाले “क्लिन फलेवास, ग्रिन फलेवास” अभियान संचालन गर्ने भएको छ । फोहोरका कारण मानव स्वास्थ्यमा नराम्रो असर पर्ने र वातावरण पनि प्रदुषण हुने भएकाले त्यसको न्यूनिकरण गर्न अभियान सुरु गर्न लागिएकोे नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

अभियानलाई प्रभावकारी बनाउन चौथो नगरसभाले सरसफाई सम्बन्धी विधेयक २०७६ नगरसभाबाट पारित गरि सरसफाई र वृक्षरोपणका लागि नौँ लाख छुट्टाएको उहाँले जानकारी दिनुभयो । नगरमा रहेका ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थालहरुको संरक्षण र प्रर्बद्धन गर्न र नगरलाई हरियाली बनाउन यो अभियानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने शर्माले बताउनुभयो ।

अभियान अन्तरगत सबै वार्डका टोलहरुमा १ सय भन्दा बढी क्लिन टोल, ग्रिन टोल समिति र विद्यालयहरुमा पनि क्लिन विद्यालय ग्रिन विद्यालय समिति गठन गरिएको छ । गठित समितिहरुलाई परिचालन गरि सरसफाइलाई दिगो रुपमा निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu