माया हराएको शहरमा मायाको कथा(भिडियो)

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार

माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । परिवारमा मान्छे ४ जना र कुकुरहरु चाहिँ १७ जना। बिहान उनीहरु संगै कुकुरहरु उठ्छन। राम दाई वर्कशपको एउटा थोत्रो जिपको धुलो झार्छन।

मासु किन्न जाने तयारी हुदै छ। नजिकैको पसलमा गएर मासु किनेर ल्याएर ति कुकुर हरुलाई एक एक टुक्रा बनाएर दिन्छन। आज उनीहरुले भने जति मासु पाएनन। भने जति मासु नपाए पछि उनीहरुले बिस्कुट दिने गर्छन कुकुर हरुलाई। आज मासु नपाएको ले कुकुर हरुले बिस्कुटमा नै चित्त बुझाउनु पर्ने छ।

रामदाइका परिवार सबै कुकुर हरु संग मानिस हरु संग जस्तै बातचित गर्छन। कुकुरहरुको नाम पनि सेते ठुले कान्छो छ। रामदाइको परिवार कुकुर हरुलाई खान खुवार सुताई सके पछि मात्र सुत्छन। लाग्छ उनीहरु यी कुकुरहरु कै लागी बाचेका छन् र यी कुकुरहरु उनीहरुकै लागि बाचेका छन्।

रामदाई भन्छन यी कुकुरहरुको कोहि छैन यिनी हरुलाई पनि लाग्छ रोग लाग्छ कसलाई भन्ने। रामदाईको काम पनि कति अप्ठेरो पार्छन कुकुरहरु तर पनि रामदाई यी अन्जान हुन् भनेर केहि गर्दैनन्।

सानै उमेर दखी अर्काको घरमा बसेर हुर्केका रामले अनेकन हण्डर खाए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu