मलाई खुशी लाग्छ जब समर्थकले मड्रिड फर्क भन्छन्ः रोनाल्डो

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

एजेन्सी । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो इटालिएन क्लब युभेन्ट्सबाट खेलिरहेका छन्।रोनाल्डोले पहिलो सिजन नै क्लबबाट सिरि ए उपाधि जितेका छन्। रियल मड्रिडमा ९ बर्ष शानदार प्रदर्शन गरेर रोनाल्डो यसै सिजनको सुरुवातमा युभेन्ट्स आएका थिए। रोनाल्डोले इटालीमासमेत आफ्नो प्रभाव कायम राखेका छन्। रोनाल्डो मड्रिडका स्टार थिए। उनी मड्रिडका सर्वाधिक गोलकर्ता हुन्। उनले मड्रिडमा ४ सय ५० गोल गरेका छन्।

रोनाल्डो

मड्रिडको बसाईमा रोनाल्डोले ४ च्याम्पियन्स लिग जिते। त्यही रोनाल्डोले ४ वटा बालुन डि’ओर अवार्ड पाएका थिए। हालै स्पेनिस पत्रिका इल पेइससँगको कुराकानीमा रोनाल्डोले रियल मड्रिडको बसाईको सम्झना गरेका छन्। रोनाल्डोले स्पेनका समर्थकले मड्रिड फर्कभन्दा आफूलाई खुशी लाग्ने उनले बताए। उनले भने,‘जब म भ्रमणको सिलसिलामा स्पेन पुग्छु। मलाई मेरा समर्थकले मड्रिड फेरि फर्कन सुझाव दिन्छन्। यस्तो माया पाउँदा मलाई निकै खुशी लाग्छ।’ रोनाल्डोले इटालीमा उत्कृष्ट प्रदर्शन गरिरहँदा उनका पूर्व क्लब रियल मड्रिड भने यस सिजन निकै कमजोर देखिएको छ।
-नेपाल खबर

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu