सिड्नीको नेपाली फेशन शोको विजेतालै २ लाख रुपैयाँ दिने

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

काठमाडौं– नेपाली फेशनको प्रवद्र्धनको उद्देश्यले सिड्नीमा फेशन शो प्रतियोगिता हुने भएको छ। आगामी जुन १ मा सिड्नीस्थित होटल सोफिटेलमा आयोजना हुने प्रतियोगितामा २० जना महिला र १० जना पुरुषबीच प्रतिस्पर्धा हुने आयोजनक डिजिटिल जेनेरेशनका निर्देशक दीपक ज्ञवालीले बताए।

प्रतिस्पर्धीबाट उत्कृष्ट महिला तथा पुरुष प्रतियोगीले जनही दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्। ग्ल्याम नेपाल इन्टरनेशनल टाइटल दिइएको प्रतियोगितामा पिपल्स च्वाइस अवार्ड विधा समेत रहेको छ। ती उपाधी हात पार्नेले विभिन्न फेशन सोमा सिधै प्रतिस्पर्धा गर्न पाउने अवसर पाउनेछन्। यस्तै विजेता महिलाले फिलिपन्समा यही वर्ष हुने फेस अफ व्युटी इन्टरनेशनलमा सहभागिता जनाउन पाउने आयोजकको भनाई छ।

नेपालको फेशनलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउन फेशन शोको आयोजना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलका सद्धभावना दुत सुनोद श्रेष्ठले बताए।‘ फेशनमा महिला र पुरुष दुबैलाई समान अवसर प्रदान गर्दै नेपाली फेशनलाई अन्तराष्ट्रिय मञ्चमा समेत चिनाउने प्रयास हामीले जारी राखेका हौँ,’ श्रेष्ठले भने। प्रतियोगितामा निर्णायकको भूमिकामा मनिष राई, मुक्ला श्रेष्ठ, युबी थापा, सबिता कार्की र नीति शाह रहनेछन्।
-नेपाल लाईभ

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu