घरमा कुन जनावरको मूर्ति राख्दा कस्तो फल पाइन्छ ?

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

१) कछुवाको जोडी : घरमा कछुवाको जोडी राख्दा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास गरिन्छ। कछुवाको उमेर सबैभन्दा बढी हुने गर्दछ, त्यसैले यसलाई स्थायी सम्पन्नता दिने विश्वास गरिन्छ।

२) हात्तिको जोडी : हात्तिलाई माता लक्ष्मीको वाहान मानिने गरिन्छ। शास्त्रका अनुसार लक्ष्मीको सबै भन्दा शुभ स्वरुप हात्तिमा विराजित हुने गर्दछ। उनलाई गज लक्ष्मी भन्ने गरिन्छ। त्यसैले हात्तिको जोडी घरमा राख्दा लक्ष्मीको वास हुने विश्वास गरिन्छ।

३) गाईको जोडी : दुई गाई अर्थात गाई र गोरु अथवा गाई र बाच्छीको मूर्ति घरमा राख्नु भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिने गरिन्छ। शास्त्रमा भन्ने गरिन्छ, जसलाई भगवान कृष्णको कृपा चाहिन्छ उसले गो सेवा गर्नु । यसले घरमा प्रेम, शान्ति र संस्कार ल्याउने गर्दछ।

४) घोडाको जोडी : यदी घरमा घोडाको जोडी छ भने त्यसले शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ। घोडालाई शक्तिको प्रतिक मानिने गरिन्छ।

-डिसी नेपाल

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu