प्रहरी जवानद्वारा युवती बलात्कृत

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार

परासी — किशोरी बलात्कारको आरोपमा पश्चिम नवलपरासी दंगा नियन्त्रण गण सुनवलका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बैशाख १ गते घाँस काट्न जंगल आएका दुई युवतीहरूलाई प्रहरी जवानहरूले बलात्कार गरेको आरोप लागेको छ ।

(सांकेतिक तस्बिर)

प्रहरी जवानद्वय मास्माण्डु गाउँपालिका-८ डडेलधुराका २५ वर्षीय प्रेम खड्का र गडवा गाउँपालिका-४ दाङ का २३ वर्षीय पाटेश्वर यादव रहेका छन् ।

घटना घटेकेा एक महिनापछि मात्र पीडित युवतीहरूले प्रहरी समक्ष प्रहरीले नै आफूहरूलाई बलात्कार गरेको उजुरी हालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए । पीडित युवतीहरूको उमेर १७ र २६ वर्ष रहेको प्रहरीले जनाएको छ ।

प्रहरी जवानहरूलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

-नवीन पौडेल /कान्तिपुर

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu