पूर्व राजा ज्ञानेन्द्र परिवारसहित बैंककतर्फ

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक उडेका छन्।

आइतबार उनी पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक उडेका हुन्।

पूर्वराजाका स्वकीय सचिव मणि पाठकका अनुसार पूर्वराजा स-परिवार बैंकक गए पनि कति दिन त्यहाँ बस्ने भन्ने अहिले खुलेको छैन।

उनले सेतोपाटीसँग भने, ‘उहाँहरू स-परिवार बैंकक जानुभयो। कहिले स्वदेश फर्कनुहुन्छ भन्ने थाहा छैन।’

पारस-हिमानीका छोरीहरू कृतिका र पूर्णिका अध्ययन गरिराखेको शैक्षिक संस्थाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजाका परिवार बैंकक गएका हुन्।

उनीहरू करिब एक महिना बैंकक रहने कार्यक्रम छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu