बुधबार, अशोज २४, २०७५
हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २४, २०७५

हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई सेयर बिक्री गर्न लागेको हो।


स्थानीय प्रभावितलाई अतिप्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत सेयर बिक्री गर्न लागिएको हो । एक सय अङ्कित मूल्यका सेयरको बिक्री तथा बाँडफाँडपछि सर्वसाधारणलाई सेयर बिक्री गरिने आयोजनाले जनाएको छ। कम्पनीको सेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द मङ्सिर ५ गते हुनेछ।

न्यूनतम ५० कित्ता र अधिकत्तम चार हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ। आयोजनाले आगामी चैत १ गतेदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ।

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत एक अर्ब ९१ करोड ४१ लाख १४ हजार रहेको छ। माथिल्लो खिम्ती दोस्रोको लागत एक अर्ब २३ करोड २२ लाख ६० हजार रहेको छ।

रासस

प्रतिक्रिया
सम्बन्धित समाचार