साझा पुरस्कार ‘दोहाको सिधा उडान’ लाई

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार

आज मिति २०७५।०२।४ गते साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार साझा प्रकाशनबाट वर्षभरि प्रकाशित सर्वोत्कृष्ट ग्रन्थलाई प्रदान गरिने साझा पुरस्कार २०७३ को लागि ‘दोहाको सिधा उडान’ यात्रासाहित्यका लागि स्रष्टा श्री जय छाङ्छालाई प्रदान गर्ने निर्णय भएको छ ।

त्यसै गरी गरिमा सम्मान पुरस्कार— २०७३ पद्य विधातर्फ गरिमा वर्ष ३५ अङ्क ६ पूर्णाङ्क ३८५, मा प्रकाशित ‘पानी जस्तै म’ शीर्षक कविताका लागि कवि श्री उषा शेरचन र गद्य विधातर्फ गरिमा वर्ष ३५ अङ्क ३, पूर्णाङ्क ३८२, मा प्रकाशित ‘मास्कमाडौँहरूको महामाडौँ’ शीर्षक रचनाका लागि प्रा.राजेन्द्र सुवेदी.सम्मानित हुनुहुने भएको छ ।
साझा बालसाहित्य पुरस्कार २०७३, २५ प्रतिमा पुस्तकका लागि स्रष्टा गोपाल पराजुली र साझा लोकसाहित्य पुरस्कार उखान सिद्धान्त र विश्लेषण पुस्तकका लागि स्रष्टा प्रा.डा. कुलप्रसाद कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ ।

उक्त विज्ञप्तिअनुसार नै साझा पुरस्कारको राशि ५१ हजार, साझा बालसाहित्य र साझा लोकसाहित्य पुरस्कारको राशी १५/१५ हजार तथा गरिमा सम्मान पुरस्कारको राशि १०/१० हजार रुपैयाँ रहेको छ ।
स्मरण रहोस् – साझा पुरस्कारद्वारा पुरस्कृत कृति ‘दोहाको सिधा उडान’ २०७३ सालको मदन पुरस्कारले छनौट गरेको ‘उत्कृष्ट नौ’ पुस्तकमा पनि पर्न सफल भएको थियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : 014370942

© 2017 Swadesh Nepal || Designed by appharu