शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

क्यानेडीयन बाल यौन दुराचारी नेपालमा पक्राउ


  • स्वदेश नेपाल
  • आइत, चैत्र २५, २०७४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्यानेडियन नागरिक पीटर जोन ग्यालगीसलाई बाल यौन दुराचार गरेको आरोपमा काभ्रेबाट पक्राउ गरेको छ ।

विगत केही वर्षदेखि नेपालमा बसोबास गरिरहेका जोनका बारे विदेशबाट नै सूचना प्राप्त भएपछि सीआईबीले केही समय देखि अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले बताए । काभ्रेको मण्डन, देउपुर–१ मा जोन १४ रोपनी क्षेत्रफलमा रहेको विलासी घरमा बस्दै आएका थिए ।

उनले उक्त घरमा नै १२ र १४ वर्षका दुईजना बालहरुकसँग यौन दुराचार गर्ने गरेको दाबी सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले गरे । ‘हामीले दुई बालकको उद्दार गरी परिवारको जिम्मा लगाएका छौं,’ उनले भने ।

डीआईजी कार्कीका अनुसार पीएचडी गरेका जोन विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा ठूला पदमा रहेर काम गरेका व्यक्ति हुन् ।

प्रतिक्रिया