शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

जुवाडेले आफ्नै श्रीमती र दुई छोरालाई जुवाको खालमा हारेपछि…..


  • स्वदेश नेपाल
  • शनि, चैत्र २४, २०७४

रेडियो नेपालमा कुनै समयको एक चर्चित तथा सदाबहार गीतहरु को हाराहारीमा ‘नखेल्नु जुवा है तास धनको नास जीवनको बनबास’ भन्ने पनि पर्दछ ।

पौराणिक कथा माहाभारतमा पाण्डबहरुले जुवा हार्दा भोग्नु परेको बनबास होस या नल राजाले जुवा हार्दा भोग्नु परेको समस्यालाई ‘नखेल्नु जुवा है तास धनको नास जीवनको बनबास’ भन्ने गीतले प्रस्ट्याएको छ ।

पौराणिक कथालाई अहिले यतिखेर छिमेकी भारतको उत्तर प्रदेस राज्यको बुलन्दसहर जिल्लामा बसोबास गर्ने मोहसिन नामको व्यक्तिले चरितार्थ पारेर देखाई दिएका छन ।

जुवाको लत बसेका मोहसिनले जुवाको दाउमा लगाउने पैसा नभए पछी आफ्नै पत्नी तथा २ बच्चालाई जित्छु कि भन्ने आसमा पटक पटक गरि जुवाको खालमा दाउ लगाए । जुवा हारे । जित्नेले पत्नी तथा बच्चा लिन आयो । पत्नीले हारगुहार गरिन । तैपनि दलबल सहित आएका जुवाडेले जुवा हार्ने जुवाडेको एकजना बच्चा लैजान भने सफल भए । पत्नीले यो बिषयमा पुलिसको गएर उजुर गरिन । पुलिसले मुद्धा चलाऊन मानेनन । अदालतको आदेस पछी पुलिसले दर्ता गरेका छन भने फैसला के हुन्छ समयले बताउला ।

लोकतन्त्रको दुहाई दिने छिमेकी भारतमा यस्ता घिनलाग्दो घटना हुनु सुखद समाचार भने पक्कै पनि हैन । हरेक कुरामा छिमेकी भारतको नक्कल गर्ने हाम्रो नेपाली समाजले यस्ता घिनलाग्दो घटनाको नक्कल कहिले पनि नगरुन ।

फाइल फोटो

प्रतिक्रिया