शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

पाकिस्तानकै पहिलो तेस्रो लिङ्गी समाचार बाचिका बनेपछि विश्वभरि चर्चा


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र २०, २०७४

पाकिस्तानकी मार्भिया मलिक कुनै चल्तिीकि मोडल भन्दा कम छैनन् । शारीरिक हिसाबले तेस्रो लिंगी हुँदा हुँदै पनि उनले आँफुमा भएको बहुप्रतिभालाई एकपछि अर्को गर्दै बाहिर निकाल्ने क्रम जारी छ ।

यसैबिच उनले देशकै पहिलो तेस्रो लिङ्गी टेलिभिजन समाचार बाचिकाका रुपमा काम पाएकी छिन् । यसअघि नै मोडेलको काम गरिसकेकी यि सुन्दरीले पत्रकारितामै स्थानतक उत्तीर्ण गरेको आधारमा नयाँ जागिर पाउँदा निकै खुशी छिन् ।

पाकिस्तानको कोहिनुर नामक एक निजी च्यानलमा तीन महिनाको तालिम पछाडि समाचार वाचन गरेपछि उनको चर्चा विश्वभर चुलिएको छ । समाचार वाचन गरे लगत्तै एक अन्तरवार्तामा उनले बताइन् ‘मैले मेरो बारेमा देखेको सपना चुम्ने पहिलो पाइला चाल्न सफल भएको छु’ । सो अवसरमा तेस्रो लिङ्गीहरुमा कुनै विभेद हुनु नहुने भन्दै मरिकले लिङ्गका आधारमा विभेद नगरिकन समान सामान्य नागरिकहरूको रूपमा तेस्रो लिङ्गीहरुलाइ बुझ्नुपर्ने बताइन् ।( श्रोत- गोर्खाली खबर)

प्रतिक्रिया