भरतपुरका कर्मचारीलाई ज्युँदै आगो लगाउने प्रयास

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि आज शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले डिजेल छर्केर आगो लगाउने प्रयास गरेका छन्.सापकोटाका अनुसार उनले भागेर ज्यान जोगाएका थिए ।

त्यहाँ वरपर अरु मानिसहरु पनि थिए । उनीहरुले पनि के गरेको ? किन हो भनिरहँदा ममाथि डिजेल छार्किसकेका थिए. म नभागेको भए आगो लगाउने थिए- सापकोटाले भने ।

आजको कान्तिपुरमा प्रकाशित समाचार अनुसार घटना स्थल वरपर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको स्थानीयले बताएका छन्भने उक्त घटना किन र कुना मक्सदले गरेको भन्ने कारण नखुलेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu