उपत्यकामा आज घोंड़ेजात्रा पर्व मनाइंदै

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

 

प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन घोंड़े जात्रा  पर्व आज काठमान्डौ उपत्यकामा मनाइंदैछ  । काठमान्डौ उपत्यकामा  प्रचलित यो जात्रालाई  प्राचीन जात्रा भनेर पनि चिनिन्छ ।

किम्बदन्ती अनुसार परपूर्ब कालमा उपत्यकाको मानव बस्तीमा राक्षसले मान्छेहरुलाई खाएर दुख दिएकोले उक्त राक्षसलाई घोंडाको टापमुनि कुल्च्याएर मारिएकोले घोंड़े जात्रा पर्वको सुरुवात भएको हो

जनश्रुति  अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।

राजधानीस्थित काठमाडौंको टुंडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइन्छ ।

घोडेजात्राकै अवसरमा नेपाली सेनाले प्रत्येक बर्षझैं आज पनि  टुंडिखेलमा विशेष कार्यक्रम गर्दै छ ।  उक्त कार्यक्रममा पुरस्कृत हुने हरुलाई आजै पुरस्कार पनि प्रदान गरिनेछ.

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu