दाजुले कालिज मार्न हानेको गोलीबाट भाइ ठहरै

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका– ३ हाङपाङमा शिकार खेल्ने क्रममा दाजुले चलाएको बन्दुकको गोली लागेर भाइको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार स्थानीय सुबास आङबुहांग र निजको भाइ दिवस सिमलबोटे जंगलमा शिकार खेल्न गएका बेला

सुवास आङबुहाङले कालिजलाई हानेको भरुवा बन्दुकको गोलीले उनकै भाइ २२ वर्षीय दिवस आङबुहाङको ज्यान लिएको हो ।

हिमाल खबरमा प्रकाशित समाचार अनुसार घट्नापश्चाात प्रहरीले सुवास सहित उनका छिमेकी ४२ वर्षीय विरेन्द्र आङबुहाङ र ३३ वर्षीय धनकुमार श्रेष्ठलाई पनि पक्राऊ गरेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu