तेश्रो पटकको विस्तारित मन्त्रीमण्डलमा पनि फोरम अटाउन सकेन

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल तेश्रो पटक बिस्तार हुँदा पनि संघीय समाजबादी फोरम सरकारमा सहभागी हुन सकेन । सत्तासिन नेकपा एमाले मधेश केन्द्रित दल फोरमलाइ जसरी पनि सरकारमा सहभागी गराउने र फोरम पनि सत्ता बाहिर बस्नै नसक्ने प्रवृति हुँदा पनि हिजोको विस्तारित मन्त्रिमण्डलमा फोरम अटाउन सकेन ।

फोरमबाट सरकारमा पठाउन लागिएका फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले चर्को विमति जनाएपछि असमन्जसमा परेका फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विस्तारित मन्त्रिमण्डल मार्फत सरकारमा जाने पार्टी नेताको नाम सिफारिस गर्न सकेनन् । सरकारमा पार्टीको नेतृत्व अध्यक्ष यादवले गर्नुपर्नेमा भने नेताहरूमा विमति देखिएन । तर फोरमका नेताहरूले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गरेका छन् ।

पार्टी अध्यक्ष यादवले धुलिखेलमा पार्टीका सांसदलाई दिईरहेको प्रशिक्षणमा सदस्य सरिता गिरी बाहेक सबै सदस्य संलग्न छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu