माइक्रोबसभित्रै युवती बलात्कृत

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडांै चल्ने वा५प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् । ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

१७ वर्षीया युवतीले पूर्व जानका लागि सप्तरी सदरमुकाम राजविराजमा लिप्ट मागेकी थिइन् । बस स्टाफले माइक्रोमा हालेर नेपाल–भारत सीमा क्षेत्र नजिक छिन्नमस्ताको सखडा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर–९ घर भएका चालक वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी–५ का खेमराज बैसे पक्राउ परेका छन् । मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको प्रहरी टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार दुवैजनाविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको छ । पीडित युवतीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । युवतीलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीको सेफ हाउसमा राखिएको छ । झापा घर बताउने ती युवतीको अभिभावकसित सम्पर्क गर्ने प्रयास भइरहेको र अभिभावकलाई बोलाएर युवती जिम्मा लगाइने एसपी सिंहले जनाए । सप्तरीमा फागुन महिनामा मात्रै ९ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।
(कान्तिपुरबाट )

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu