काठमाडौँमा ‘गुट भेला’ गरेर देउवाको विकल्प खोज्दै सिटौला समूह

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार


पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा चुनिएको दुई साता पनि नवित्दै नेपाली कांग्रेसमा उनको विकल्प खोज्न थालिएको छ ।

पार्टी भित्रै गुट र उपगुटकै कारणले तीनै तहको निर्बाचनमा नेपाली कांग्रेस पार्टीले लज्जास्पद पराजय भोगे तापनि पार्टीभित्र गुट र उपगुटको खेल सकिएको छैन. पार्टीभित्रै एउटा अलगै गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला समूहले देउवाको विकल्प खोज्ने अभियान सुरु गरिसकेको छ । सिटौला समूहले शुक्रबार काठमाडौंमा आफू पक्षधर नेता तथा कार्यकर्ताको भेला गरेको छ ।
सो भेलामा युवा नेता गगन थापाले पार्टी कमजोर भएकोप्रति नेतृत्व पंक्ति अझै गम्भीर नभएको टिप्पणी गरेका छन् ।

उक्त भेलाले देउवाको नेतृत्वमा पार्टीको सुदृढिकरण असम्भव रहेको भन्दै सिटौलाले निर्वाचनमा पार्टी पराजयको दोष देउवाले लिनुपर्ने र अब देउबालाई नेता मानेर अघि बढ्न नसकिने धारणा राखेका थिए. त्यसैले उनले अबका दिनमा नेतृत्व परिवर्तनमा जोड दिएका थिए.

भेलामा सिटौला समूहमा रहेका गगन थापासहित प्रदिप पौडेल, भिमसेनदास प्रधान लगायतका नेताहरु उपस्थित थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu