प्रधानमन्त्रीको नेतृत्वमा तेश्रो पटक मन्त्रीमण्डल बिस्तार

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनाएको छोटो समयमै आज पुन: मन्त्रीमण्डल विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आज शुक्रबार साँझ नै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

एमालेबाट परराष्ट्रमा प्रदीप ज्ञवाली, श्रम तथा रोजगारमा गोकर्ण र पर्यटनमा रवीन्द्र अधिकारी रहेका छन्। यस्तै रघुवीर महासेठले भौतिक तथा योजना र जगत विश्वकर्माले युवा तथा खेलकुद मन्त्रलायको जिम्मेवारी पाएका छन्। शेरबहादुर तामाङले कानूनमंत्रीको रुपमा सपथ लिएभने गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेका छन्। एमाले पार्टीबाट यस अघि ईश्वर पोखरेल, थममाया थापा र लालबाबु पण्डित मन्त्री भैसकेका छन्।

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल शिक्षा तथा विज्ञान प्रविधि, शक्ति बस्नेत वन, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगरले खानेपानी तथा सरफफाई मन्त्रालयको जिम्मेवारी पाएका छन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu