फोरमका लागि फुटाएर पनि बढाइयो मन्त्रालय

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार

देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिए तापनि मधेसवादी दल पनि सरकारमा आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएर तीनवटा मन्त्रालय थपेका छन् । प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ ।

थप गरिएका मन्त्रालयहरुमा सिचाइँ, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् । यी मन्त्रालयहरु विद्यमान मन्त्रालयलाई नै फुटाएर नयाँ सिर्जना गरिएका हुन्. ।

ओली सरकारले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएको छ । जस अनुसार अबबाट शिक्षा र युवा तथा खेलकुद मन्त्रालय अलग्गै अस्तित्वमा हुनेछन् ।
त्यस्तै श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय पनि फुटाइएको छ । एउटा मन्त्रालय अब तीनवटा मन्त्रालय हुने भएका छन्.

सरकारमा सबैलाई भाग पुर्याउन मन्त्रालय फुटाएको बुझियेओ छ.

संघीय समाजवादी फोरमकका अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयार रहेको अवस्थामा अआफूलाई मन पर्ने मन्त्रालयको उसले दावी गरेको छ। यादवसँगै राजेन्द्र श्रेष्ठ पनि सरकारमा जाने पक्कापक्की नै भ्जैसकेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu