शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

तेल चोर्न नमिल्ने लकिंग प्रणालीको विरोधमा आन्दोलन


  • स्वदेश नेपाल
  • शुक्र, चैत्र २, २०७४

ट्यांकर मजदुरहरुको आन्दोलनले गर्दा   झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्ति ठप्प  भएको छ । ट्यांकर ब्यबसायीहरुले साधन नचलाई दिंदा ढुवानीमा समस्या आएको छ ।

बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने गरी  ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालकहरु  आन्दोलित बनेका हुन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अघिदेहि नै ढुवानीमा अवरोध गरेका  हुन् ।

ढुवानीमा समस्या भएपछी  पूर्वको झापा, इलाम, पाँचथर र तापप्लेजुङ जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति अनिमियत भएको  निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ ।

आन्दोलनका कारणले तेल आपूर्ति नहुँदा अहिले नै पेट्रोलियम पदार्थको चरम अभाव देखिन थालेको छ . एउटा दुइटा पेट्रोल पम्पहरुले स्टकमा रहेको पेट्रोल बेचिरहेको ठाउँमा अचाक्क्ली घुइचो बढेको छ ।

चालकले प्रतिटयांकर एक सय लिटरसम्म इन्धन चोर्ने गरेको कारण लकिङ प्रणाली लागु गरेको र सोही कुरालाई आधार मानेर उनीहरुले अनावश्यक आन्दोलन गरेको आरोप निगमको अधिकारीहरुको रहेको छ । निगमका कार्यकारी प्रमुख सुशील भट्टराईले लकिङ प्रणाली जडान गरेर कसैको अहित र अप्ठयारो पार्ने नियत निगमले नराखेको बताउँदै पेट्रोलियम व्यवसायमा देखिएको समस्या र आलोचना सम्बोधन गर्न जडान गरेकोले यसलाई ट्यांकर मजदुरहरुले पनि सहयोग गर्नुपने बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लकिङ प्रणाली निगम र व्यवसायीको हितमै रहेको बताउँदै आपूर्ति व्यवस्थामा अवरोध भए राज्य सहेर नबस्ने बताए ।

 

प्रतिक्रिया