शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

आज हुने उपसभामुखको निर्बाचानमा भुसाल र तुम्बाहाम्फेको भीडन्त


  • स्वदेश नेपाल
  • शुक्र, चैत्र २, २०७४

प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्तारूढ एमालेबाट शिवमाया तुम्बाहाम्फे तथा प्रमुख प्रतिपक्षी कांग्रेसबाट पुष्पा भुसालले उम्मेदवारी परेको छ  । उपसभामुखको निर्वाचन आज शुक्रबार हुँदैछ ।

सभामुखमा माओवादी नेता  कृष्णबहादुर महरा  निर्बिरोध रुपमा निर्वाचित भइसकेका छन् । सभामुख र उपसभामुखमा प्रतिनिधित्व  फरक लिंग र फरक राजनीतिक दलको हुनुपर्ने कुरा कानूनमै व्यवस्था छ । सभामुखमा पुरुष निर्वाचित भइसकेकाले उपसभामुखमा महिलाको मात्रै उम्मेदवारी परेको हो ।

तिनै तहको निर्बाचनमा वाम गठबन्धन बनाएर नेकपा  एमाले र माओवादी केन्द्रले सहकार्य गरिसकेको र अब दुई पार्टी एउटा बनाउने  प्रक्रियामा रहेकाले उनीहरूको  एकता पछि सभामुख र उपसभामुख एउटै राजनीतिक दलको हुने भन्दै सभामुख पदमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा आफ्नो उम्मेदवारी दिएको छ   प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्धारित समय सीमाभित्रै सभामुख्पछी उपसभामुखको चुनाव हुन लागेको हो ।

प्रतिक्रिया