शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

बंगलादेशमा विहीवार राष्ट्रिय शोकको घोषणा


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १, २०७४

यूएस–बंगला एअरलाइन्सको  यात्रु बाहक बिमान  दुर्घटनाका पीडितहरुको  सम्झनामा बंगलादेश सरकारले बिहीवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

ढाकाबाट काठमाडौ उडेको यूएस–बंगलाको यात्रु बाहक विमान गत २८ गते राजधानीस्थित  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जहाजमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए। चालक दलका ४ जना सहित जहाजमा ३६ जना बंगाली नागरिक थिए । दुर्घटनामा बचेका घाइतेहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बुधवार प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षमा बसेको मन्त्रिपरिषदको आपतकालिन बैठकले बिहीवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया