शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

खुकुरी र गोली प्रहार गर्नेहरु सार्बजनिक


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १, २०७४

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जना व्यक्तिहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढीले  पत्रकार सम्मेलन गरेर नगर प्रमुख   चौधरीलाई गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका धनगढी उप–महानगरपालिका ८ का पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका–१ का हृदयराज बोगटी, घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका कमल क्षेत्री, सोही नगरपालिका–९ का भरतबहादुर शाहलाइ सार्बजनिक गरेको  छ  । उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा संलग्न रहेको प्रहरीले जनाएको छ.

गत फागुन २८ गते राति नगर प्रमुख चौधरीलाई खुकुरी र गोली प्रहार गरिएको थियो । घाइते  चौधरीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया