शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

आक्रमणमा परेपछि वडा अध्यक्ष सम्पर्कविहीन


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १, २०७४

गएराति घर फर्कंदै गरेको अवस्थामा  रुपाकोट मझुवागढी नगरपालिका–८, दिक्तेलका वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ ।

आक्रमणपछि सम्पर्कविहीन भएका  वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन्  ।

वडाध्यक्ष चौहानमाथि आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका छन्  । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ भने वडाध्यक्ष चौहानको खोजीका लागि जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया