शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

युएस बंगालको ढाका-काठमान्डौ उडान रद्ध


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १, २०७४

यूएस बंगालले जहाज अभाव देखाउँदै एक महिनाका लागि काठमाडौं-ढाकाको नियमित उडान रद्द गरेको छ। यूएस बंगालका एक नेपाल प्रतिनिधिले दिएको जानकारी अनुसार करिब पाँचदेखि छ हप्ताका लागि उडान रद्द गरेको  छ । नियमित उडानका लागि जहाज नभएपछि उडान बन्द नै नगरिए पनि उडान  केही समयका लागि रद्द गरिएको छ ।

कम्पनीसंग  रहेका चारवटा  जहाजहरुमध्ये एउटा एयरक्राफ्ट फागुन २८ गते  अवतरणका क्रममा राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा  परेको थियो। युएस बंगला एयरका नेपाल प्रतिनिधिका अनुसार कम्पनीसँग रहेका दुई जहाजले अन्य  गन्तव्यमा  उडान भरिरहेका छन्।

एउटा जहाज भने नियमित मर्मतमा रहेका कारण उडान रद्द गरेको जनाएको छ। मर्मतमा रहेको जहाजले पाँचदेखि ६ सातापछी  उडान सुरु गरेसँगै फेरि नेपालमा पनि उडान सुरु हुन् सक्ने  कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया