आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

प्रिफ्याब घर: सुन्दर, सस्तो र बलियो


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १, २०७४

प्रिफ्याब्रिकेटेड घर अर्थात् छोटकरीमा प्रिफ्याब घर भन्नाले यस्तो घरलाई बुझिन्छ जुन घरका विभिन्न भागहरु पहिले नै फ्याक्ट्रीमै बनेर आएको हुन्छ। ती पहिलै बनेका घरहरुलाई आवश्यकता अनुसार जोडेर आफूलाई मन परको जस्तै घर बनाउन सकिन्छ। अझ आफूलाई चाहिए जस्तै घरका भागहरु बनाउनलाई अर्डर पनि गर्न सकिन्छ। यसरी बनाउने घर धेरै सस्तो हुन्छ। सस्तोका साथ साथै यस्तो घर बन्नलाई थोरै समय लाग्छ। यसर्थ, थोरै बजेट भएका वा चाडै घर बनाउन चाहनेहरुका लागि यो घर राम्रो विकल्प हुनसक्छ।

प्रिफ्याब घरका फाइदा नै फाइदाहरु :

प्रिफ्याब घर बनाउनुका अनेक फाइदाहरु छन्। यो घर अन्य घरको तुलनामा धेरै चाडो बन्छ। कंक्रिट प्रयोग गरेर बनाइने घरभन्दा यो घर धेरै सस्तो हुन्छ। यस्तो घर भूकम्प प्रतिरोधी हुन्छ र यस घरमा आगलागीको डर हुदैन। पहिले नै फ्याक्ट्रीबाट इन्जिनियर र विशेषज्ञहरुबाट बनाइने भएकाले अप्रत्याशित गल्ती हुने सम्भावना अति नै कम हुन्छ। २० देखि ७० वर्षसम्म वारेन्टी दिईने यस्ता घरहरु धेरै समय सम्म निर्धक्क भएर प्रयोग गर्न सकिन्छ। यो घर बनाउनका लागि धेरै जगको आवश्यकता पनि पर्दैन।

 प्रिफ्याब घरको रोमाञ्चक इतिहास:

भारतमा अकबरले १६औं शताब्दीमा प्रिफ्याब घरको आविष्कार गरेको मानिन्छ। अमेरिकामा प्रिफ्याब घर भित्र्याउने भने बेलायेतीहरु थिए। १९ औं शताब्दीतिर बेलायतबाट भागेर अमेरिका जाने क्रममा बेलायतीहरुले आफ्नो तत्कालीन घर भत्काएर सो घरका टुक्राहरु जहाजमा हालेर अमेरिका नै लिएर गएका थिए। अमेरिका पुगेर सो टुक्राहरुलाई जोड्ने क्रममा नै मोडर्न प्रिफ्याब घरको सोचको विकाश भएको थियो। २० औं शताब्दीको सुरुवातमा आएर अमेरिकामै यसलाई व्यावसायिक रुपमा संचालन गर्न सुरु गरियो। अहिले अमेरिकामा मात्र आधाभन्दा बढी घरहरुमा केही न केही प्रिफ्याब सामग्री प्रयोग गरेको पाइन्छ।

साभार- नागरिक

प्रतिक्रिया
ताजा अपडेट