शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

९९ बर्षीय बृद्धको पौडी मोह


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन २७, २०७४

९९ वर्षीय बृद्ध अस्ट्रेलियाली पौडीबाजले आफ्नो उमेर समूहको ५० मिटर फ्रीस्टाइलमा नयाँ विश्व कीर्तिमान राखेका छन् ।

 

जर्ज करोनिसले क्वीन्स्ल्यान्डमा भएको एउटा कार्यक्रममा ५० मिटरको दूरी ५६.१२ सेकन्डमा पूरा गरेका हुन् जुन १००-१०४ वर्षको समूहमा नयाँ कीर्तिमान हो। उनले सन् २०१४ मा कायम भएको कीर्तिमानलाई ३५ सेकन्डले भङ्ग गरेका हुन्।

 

खेलकुद हेर्ने निकायले यसलाई पुष्टि गर्न भने बाँकी नै छ। करोनिस आउँदो अप्रिलमा १०० वर्ष लाग्ने हुँदा यो नयाँ कीर्तिमानका लागि योग्य मानिन्छन्।

प्रतिक्रिया