शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

७० बर्षको उमेरमा उपाधी र जीवनसाथी संगसंगै


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन २७, २०७४

फ्लोरिडामा आयोजना गरिएको  शंख बजाउने प्रतियोगितामा महिला तर्फको उपाधि ७० वर्षकी एक वृद्धाले हात पारिन् । शंख बजाउने प्रतियोगिताको उपाधि जित्नु उनको जीवनमा  सबैभन्दा अविष्मरणीय घटना बन्यो । किनकी यो प्रतियोगिताले उनलाई बुढेशकालमै भए पनि एकजना  जीवनसाथी समेत जुराइदिएको छ ।

फ्लोरिडामा आयोजित वाषिर्क की वेस्ट कोन्च शेल ब्लोइंग कन्टेस्ट अन्तर्गत महिलातर्फको उपाधि ७० वर्षकी लोउ स्मिथले जितेकी हुन्  । जब उनले प्रतियोगिता जितिन् तब उनलाई पुरुषतर्फको प्रतियोगिताका प्रतिस्पर्धीले बिहेको प्रस्ताव गरे ।

७० वर्षकी स्मिथसामु बिहेको प्रस्ताव गर्ने व्यक्ति  अरु नभएर  ७३ वर्षका रिक रेस थिए । उमेर मिल्ने रेसले बिहेको प्रस्ताव राखेपछि स्मिथले पनि सहर्ष स्विकार गरिन् ।

 

प्रतिक्रिया