शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

बेच्न जाने यहाँ के बिक्दैन ? – आफ्नै दूध बेच्ने यी महिला


  • स्वदेश नेपाल
  • बुध, फाल्गुन २३, २०७४

बेच्न मात्र जान्नु पर्छ यो संसारमा सबै कुरा बिक्छ भन्ने उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन। साइप्रसकी एकजना महिलाले बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् ।

राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचे रनै लाखौँ आम्दानी गर्छिनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । दुई बच्चाकी आमा लाम्प्रोउको दुध किन्नका लागि युवाहरु मरिमेट्छन् ।
खासगरी बडी बिल्डर हुन चाहने युवाहरुको बीचमा उनको दुधको उच्च माग छ । सात महिना अघि उनले दोश्रो बच्चा जन्माएकी थिइन् । बच्चाले स्तनपान गर्दा समेत आफ्नो वक्षस्थलको दुध चुसेर नसकेपछि उनले आफ्नो दुध कसैलाई दान गर्ने सोँच बनाइन् ।

सुरुमा उनले बच्चालाई स्तनपान गर्नका लागि दुध पर्याप्त नआउने महिलालाई आफ्नो दुध प्रदान गर्न थालिन् । तर उनले दुध दान
गरिरहेको कुराको चर्चा चलेपछि पुरुषहरुले उनको दुधको माग गर्न थाले ।

शारीरिक सुगठनका पारखी युवाहरुले उनको दुध खरीद गरेर सेवन गर्न थाले । लाम्प्रोका अनुसार सुगठित शरीर बनाउन चाहने पुरुषका लागि दुध उत्तम हुन्छ ।

सुरुमा उनले दिनमा २ लिटर आफ्नो दुध बेच्न सुरु गरिन् । एक लिटरको एक सय २५ रुपैयाँ बराबरको मूल्य पर्दथ्यो ।

अहिलेसम्म उनले ५ सय लिटर दुध बेचिसकेकी छिन् र यसबाट झडै ४५ सय पाउण्ड अर्थात झण्डै साढे ६ लाख रुपैयाँ कमाइसकेकी छिन् ।

२०७४ फागुन २३ गते

प्रतिक्रिया